कति छ आज सुनको मूल्य ?

  • प्रकाशित मिति : २०७८ श्रावण १, शुक्रबार
  • nepaltale.com

काठमाडौं। आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० कारोबार भएको हो ।

यस दिन तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदी पनि हिजो कै मूल्य १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ।