थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

  • Published Date : 2021-07-16
  • nepaltale.com

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् ।