संक्रमण बढ्दो : आज ३११४ लाई कोरोना पुष्टि, उपत्यकामा ६१५ जना

  • प्रकाशित मिति : २०७८ श्रावण ९, शनिबार
  • nepaltale.com

काठमाडौं। केही समय स्थिर रहेको कोरोना भाइरस संक्रमण फेरि उकालो तर्फ लागेको छ । पछिल्लो २४ घण्टामा ३१ सय १४ जनालाई संक्रमण पुष्टि भएको छ भने २१९७ जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ ।

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६१५ जना छन् । काठमाडौंमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जनालाई पोजेटिभ देखियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर र ४२ सय ८५ एन्टीजेन गरि १४ हजार ९१० जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार ७५७ जना छन् जसमध्ये अहिले ६५० जना आइसियु र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।