साहस उर्जाको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • Published Date : २०७८ भाद्र ११, शुक्रबार
  • nepaltale.com

काठमाडौं। साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते शुक्रबारदेखि आयोजना प्रभावित बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ करोड रुपैयाँ मूल्य बराबरको ३५ लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।



उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था छ । आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।स्थानीय बासिन्दाका लागि जारी हुने शेयरबाँडफाँडपछि दोस्रो चरणमा ७० करोड मुल्यको ७० लाख कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा आउनेछ ।