पाँचथरको याङवरकका एकजनाको आरडिटि परिक्षणमा कोरोना पोजेटिभ

  • प्रकाशित मिति : २०७७ बैशाख २०, शनिबार
  • nepaltale.com

पाँचथर जिल्लाको याङवरक गाँउ पालिका ६ का एक जना युवकको आरडिटि विधिवाट गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाण्डौबाट मोटरसाइकल चढेर एकसाता अघि पाँचथर आइपुगका उनी त्यहाँको क्वारेन्टिनमा वस्दै आएका थिए । ७ जनाको समूहमा वस्दै आएका उनको आरडिटि परिक्षणमा कोरोना पोजेटिभ आएपछि जिल्ला अस्पतालको आइसोलेसनमा ल्याइएको छ । उनी सहित त्यहाँका सातै जनालाई आइसोलेसनमा ल्याइएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।

उनी काठमाण्डौवाट झापासम्म मोटरसाइकलमा आएर त्यहाँवाट पुनः गाडीमा आएको वताइएको छ ।

यद्धपी उनको थ्रोट स्वब परिक्षणका लागि भोली विहानै कोशी अस्पताल विराटनगर पठाउने तयारी भइरहेको वताइएको छ । आरडिटि विधि कोरोना परिक्षणमा त्यति प्रभावकारी छैन । यसअघि आरडिटिमा पोजेटिभ आएका अधिकांशको पिसिआरमा निगेटिभ आएको थियो ।

पाँचथर जिल्लामा आज मात्रै १ सय ५ जनाको आरडिटि विधिवाट कोरोना परिक्षण गरिएको थियो ।