काठमाडौं। आजपनि निको हुनेभन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । १ हजार ६६ जनालाई कोरोना संक्रमण हुँदा ९३८ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिसिआर र ३२ सय ५५ जनाको एन्टीजेन गरि १३ हजार ३६८ जनाको कोरोना परीक्षण भएको थियो । आज थपिएकामध्ये काठमाडौंका ३६१ जना रहेका छन् ।
काठमाडौंमा २६८, ललितपुरमा ६२ र भक्तपुरमा ३१ जनालाई पोजेटिभ देखिएको छ । हालसम्म नेपालमा ८ लाख ८७ हजार ६८० जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ६६ हजार ६९५ जना निको भएका छन् भने ११ हजार १४८ जनाको मृत्यु भएको छ । अहिले नेपालमा १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् ।