नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?

  • Published Date : २०७८ आश्विन २०, बुधबार
  • nepaltale.com

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ४३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २३ जना र १० देखि २० वर्षका ५७ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका १८१ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २०६ जना रहेका छन् । ४१ देखि ५० वर्षका १४१, ५१ देखि ६० वर्षका १०७ जना, ६१ देखि ७० का ७४ जना छन् ।



त्यस्तै, ७१ देखि ८० वर्षका ४२ जना, ८० देखि माथिका १७ जना रहेका छन् । १ जनाको उमेर भने खुल्न सकेको छैन । अहिले देशभर ३३८ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।