बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

  • Published Date : २०७८ कार्तिक ३, बुधबार
  • nepaltale.com

काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला १ सयले बढेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रहेको छ ।



त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले बढेर प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।