काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
हिजो कार्तिक १४ गते आइतबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आ.व २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी, प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।