सामलिङ्ग पावरको आइपीओ बाँडफाँड, ९ हजार ९८६ आबेदन रद्द

  • Published Date : २०७८ कार्तिक १६, मंगलवार
  • nepaltale.com

काठमाडौं। सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आज बिहान सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यलयमा आइपीओ बाँडफाँड कार्यक्रम भएको हो।

क्यापिटलकाअनुसार सामलिङ्ग पावरको आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ।



योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपोओमा कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आबेदन खुला गरिएको थियो।

कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो।