देशभर थपिए ५,५८३ कोरोना संक्रमित, ९ जनाको मृत्‍यु

  • प्रकाशित मिति : २०७८ माघ १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही समयमा थप ९ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कूल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।



आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ। यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ। हालसम्म ८ लाख ७१ हजार १६५ जनाले संक्रमण जितेका छन्।