तोलाको ९९ हजार पुग्यो सुनको भाउ

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • नेपाल टेल

काठमाडौं। आज बिहिबार सुनको भाउमा भारी वृद्धि आएको छ । बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ ।



आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १३ सय ५५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६२ रुपैयाँ कायम गरेको छ ।