सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

  • प्रकाशित मिति : २०७८ फाल्गुन १३, शुक्रबार
  • नेपाल टेल

काठमाडौं। नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।



बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा नेपालमा पनि स्वाभाविक रुपमा त्यसको असर देखिएको हो ।