१.५५ अंकले बढ्यो नेप्से परिसूचक

  • प्रकाशित मिति : २०७८ फाल्गुन २३, सोमबार
  • nepaltale.com

काठमाडौं। साताको दोस्रो दिन कारोबारमा नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ।

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक र फ्लोट इण्डेक्स ०.२५ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा बैंकिङ उपसमूहको ६.४०, होटल तथा टुरिजम १४.१८, उत्पादन तथा प्रशोधन ८७.६३, निर्जीवन बिमा ९.८८, अन्य समूहको उपसूचक ३५.५० अंकले बढेको छ।

यस्तै, माइक्रोफाइनान्स ४.५७, ट्रेडिङ १५.७४, जीवन बीमा १५०.३२, जलविद्युत ३१.९९, वित्त २८.२४, विकास बैंक समूहको उपसूचक २१.४६ अंकले घटेको छ।

सोमबारको कारोबारमा बुद्धभूमि नेपाल हाईड्रोपावर, बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल कम्पनीको शेयर मूल्य बढेको छ भने पाँचथर पावर कम्पनी, पन्चकन्या माई हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट आएको छ।