काठमाडौं। आज बुधबार सुन इतिहासकै महँगो भएको छ । मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि डेढ वर्ष अघि सुनको भाउ तोलाको १ लाख रुपैयाँ नाघेको थियो ।