काठमाडौं। नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा शून्य मृत्यु रहेको छ।