दुई वर्षपछि ९ हजार नेपाली कोरिया जादैँ, जेठ २६ बाट परिक्षा सुरु हुने

  • प्रकाशित मिति : २०७९ जेष्ठ १४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । दुई वर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा २६ जेठ देखी ३ असारसम्म सञ्चालन हुने भएको छ ।

स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएको भएपनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परिक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परिक्षा दिन मिल्ने गरी तयारी गरिरहेको छ ।



कोरियन भाषा परिक्षामा उत्तिर्णहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन । पछिल्ला दुई वर्षमा विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण परिक्षा हुन नसके पनि सन २०२२ मा भने नेपालीलाई लान कोरिया मञ्जुर भएपछि परिक्षा सुरु गर्न लागिएको हो ।