विदेश जाने विद्यार्थीले एकै महिनामा ३२ अर्ब ७६ करोड रुपैयाँ लगे

  • प्रकाशित मिति : २०८२ आश्विन २९, बुधबार
  • नेपाल टेल संवाददाता

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा भ्रमण खर्च ४३ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।



सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।