थपिए ७१० जना कोरोनाका संक्रमित, दुईजनाको मृत्यु

  • प्रकाशित मिति : २०७९ श्रावण १२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ ।

५ हजार २५ जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिबाट ५२४ र एन्टिजेन विधिबाट १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



यससँगै सक्रिय संक्रमितको संख्या ४,२३६ पुगेको छ । यस्तै २१५ जना डिस्चार्जसमेत भएका छन् ।