पाँचथर। अत्याधिक रक्तश्राप भएर जीवन मरणको दोसा“धमा पुगेकी पाँचथरको फालेलुङ गाउँपालिका ७ की २३ बर्षीय एक महिलालाई हेलिकोप्टरबाट उद्वार गरी थप उपचारका लागि कोशी अस्पताल बिराटनगर पठाइएको छ ।
पाठेघर बाहिर डिम्ब बाहिनी नलीमा बसेको गर्भका कारण नली फुटेर रक्तश्राव हुँदा मरणासन्न अवस्थामा पुगेकी जानुका ठटाललाई विहिवार अपरान्ह जिल्ला प्रशासन कार्यालय मार्फत हेलिकोप्टर झिकाएर बिराटनगर पठाइएको हो ।
ती महिला दुईसाता अगाडी पेट दुखेर पाँचथर अस्पताल फिदिममा उपचारका लागि आएकी थिइन । परिक्षणका क्रममा पाठेघर बाहिर बच्चा रहेकाले तत्काल उपचार गर्न सुझाइएको डाक्टर बरुण अग्रवालले जानकारी दिए । यसपछि उनलाई परिवारका सदस्यले थप उपचारका लागि झापा स्थित मेची अञ्चल अस्पताल पु¥याएका थिए । त्यहाँबाट चिकित्सकले बिएण्ड सि टिचिङ हस्पिटल पठाएपछि खर्च अभावमा उपचार नगरी घर फकाईएको उनको परिवारले जनाएको छ ।
डाक्टर अग्रवालका अनुसा डिम्बबाहिनी नलीमा बच्चा रहेकी ती महिलाको स्वास्थ अवस्था एक साता अगाडी नै नाजुक थियो ।
अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति हवाइ उद्वार कार्यक्रम अन्तरगतको हेलिकोप्टर मगाएर बिराटनगर पठाइएको प्रमूख जिल्ला अधिकारी शुरेष न्यौपानेले जानकारी दिए ।