कोरोनाबाट थप एकको मृत्यु, ६२० जनामा संक्रमण

  • प्रकाशित मिति : २०७९ श्रावण १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ५१ पीसीआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप २९७ जना निको भएसँगै हालसम्म नेपालमा ९ लाख ७० हजार ६२ जना निको भएका छन् ।

हाल देशभर ४ हजार ५६७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।