आज एकै दिन थपिए ९१५ कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७९ श्रावण १८, बुधबार
  • नेपाल टेल

काठमाडौं । नेपालमा एकै दिन ९१५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ नमुना परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको छ।

३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन्।

२४ घण्टाको अवधिमा ३०१ जना निको भएका छन्। बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ।

२४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन्।