कोरोना भाइरसबाट आज एकैदिन ५ जनाको मृत्यु, थप ८१५ संक्रमित भेटिए

  • प्रकाशित मिति : २०७९ श्रावण २६, बिहीबार
  • नेपाल टेल

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ तथा एन्टिजेन विधिबाट ३५० जनामा गरी ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ।