सरकारी कर्मचारीको नयाँ तलब: ८२ हजारदेखि २६ हजारसम्म

  • प्रकाशित मिति : २०७९ श्रावण ३१, मंगलवार
  • nepaltale.com

काठमाडौं । सरकारले घोषणा गरे अनुसार नयाँ आर्थिक बर्षबाट नयाँ तलबमान लागू भएको छ।

साउन १ गतेबाट सरकारी सबै कर्मचारीको तलब १५ प्रतिशतले बढेको हो।

सबै तहका निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम भएको छ।

नयाँ तलबअनुसार सबैभन्दा माथिल्लो पद मुख्य सचिवको तलब ८२ हजार २५९ रुपैयाँ कायम भएको छ।

त्यस्तै कार्यालय सहयोगी प्रथमस्तरका कर्मचारीको तलब २६ हजार ३४८, द्धितीय स्तरको २७ हजार ८२० रुपैयाँ कायम भएको छ।