पर्सामा भेटिएका ३९ संक्रमितमध्ये चार जना पत्रकार

  • प्रकाशित मिति : २०७७ बैशाख ३०, मंगलवार
  • nepaltale.com

वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।