नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। बिहिबार बिहान पहिलो पटक २ जना र दोस्रो पटक ५ गरी गरी ७ जना कोरोना संक्रमित थपिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरीएको परीक्षमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सर्लाहीका ४५ वर्षीय पुरुष, जनकपुर र मिथिला निवासी ४० वर्षीय पुरुष, २० वर्षीया महिला, महोत्तरी जलेश्वर निवासी १६ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।