एनआरएनका निवर्तमान युवा उपाध्यक्ष हिमाल गुरूङले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रूपैयाँ जम्मा गरेका छन् ।
मंगलबार कर्णाली प्रदेशको जाजरकोटमा भूकम्प परी ज्यान गुमाएका र घाइतेहरूको उद्धार गर्न उनले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रूपैयाँ जम्मा गरेका हुन् ।
गुरूङ लामो समयदेखि नेदरल्याण्डमा बस्दै आएका छन् ।विदेशमा विभिन्न व्यवसाय गर्दै आइरहेका छन् । उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् ।
गत शुक्रबार जाजरकोटको रामीडाँडामा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा १५७ जनाले ज्यान गुमाएका थिए । २ सय भन्दा बढी घाइते भएका छन ।
त्यसैगरी, नेपाल प्रहरीका अनुसार ५ हजार ५६१ भवन नष्ट भएका छन् । आंशिक रूपमा भने १० हजार ८७१ घरमा क्षति भएको छ ।