काठमाडौँ । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार २०८० को चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ७४ हजार २४१ जना पुरुष र छ हजार ६९२ जना महिला रहेका छन् ।
श्रम स्वीकृति लिएर ४२ हजार ४९० जना विदेश गएका छन् भने २८ हजार ४४३ जनाले पुन श्रम स्वीकृति लिएका छन् । चैत महिनामा सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ८१८ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १५ हजार ४८३ पुरुष र दुई हजार ३३५ महिला रहेका छन् ।
त्यस्तै साउदी अरेबियाका लागि १३ हजार ६४१, कतारका लागि ११ हजार २०२, मलेसिया १२ हजार ६०२, कुवेत चार हजार ७६, रोमानिया दुई हजार २९९ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत साउनदेखि चैत महिनासम्म ९ महिनाको तथ्याङ्क हेर्दा पाँच लाख ४२ हजार १३४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।