काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित भारतीय नागरिक मंगलबार राति पक्राउ परेकी हुन्
उनी एयर अरेवियाको उडानबाट काठमाडौं आएकी हुन्। प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुनजस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।