पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को एमाले सदस्यता पुनः सक्रिय गर्ने निर्णयले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेसँगै उहाँको सक्रिय राजनीतिमा पुनः प्रवेशको बाटो खुलेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार ओलीकै प्रस्तावमा निर्णय गरिएको हो ।
महासचिव शंकर पोखरेलले ११ एजेन्डा प्रस्तुत गरेको बैठकले आगामी जेठ ८ गते पुनः बैठक बस्ने तय गरेको छ ।
पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन सम्भावनाले एमालेभित्र शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणमा गम्भीर असर पार्ने संकेत देखिएको छ ।