१२ बर्षपछि वेम्बलीमा गुन्जियो नेपथ्य (फोटो फिचर)

  • प्रकाशित मिति : २०८२ श्रावण २५, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन। नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउन सफल भएको छ ।

साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबिच लोकप्रियता आर्जन गर्दै आएको यो साङ्गीतिक समूहले अगस्ट ९ को बेलुकी बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा १२ हजार बढि दर्शक बिच प्रस्तुति दिएको थियो ।



यो त्यही मञ्च हो, जहाँ सन् २०१३ अगस्टकै ३ तारिखमा ब्यान्डले अपूर्व सफलता हासिल गरेको थियो ।