रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् ।

परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको रास्वपा स्रोतले जनाएको छ ।



उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए । यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् । पछिल्लो समय रास्वपामा असन्तुष्टिका स्वरहरु बढ्दै गएका छन् ।