राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन विदेशस्थित दलहरूलाई आमन्त्रण गरेको छैन ।
आइतबारदेखि मंगलबारसम्म (असार ७ देखि ९ गतेसम्म) चितवनमा हुने प्रथम महाधिवेशनमा अन्तराष्ट्रिय स्तरका कुनै पनि दललाई आमन्त्रण गरिएको छैन ।
सहमहामन्त्री विपिन आचार्यका अनुसार रास्वपाको महाधिवेशनका लागि शुभेच्छाको लागि पत्राचार गरिएपनि तर भौतिक रुपमा उपस्थित हुने गरी निमन्त्रणा गरिएको छैन ।
आचार्यले भने, ‘शुभेच्छाहरूको लागि पत्राचार गरेका छौं । तर, फिजिकल्ली उपस्थित हुने गरी यसपटक अन्य देशका दललाई निमन्त्रण गरेका छैनौं ।’
महाधिवेशन गर्दा विदेशस्थित मित्र पार्टीहरूलाई आमन्त्रण गर्ने र ती पार्टीले प्रतिनिधि पठाएर शुभकामना व्यक्त गर्ने प्रचलन अन्य दलमा छ ।
देशभित्र रहेका दलका प्रमुख नेताहरूलाई भने विशेष अतिथिका रुपमा रास्वपाले आमन्त्रण गरेको छ ।