पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले दुई महिना पूरा गरिसकेको छ। यो अवधिमा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने प्रचलन रहे पनि केहीले अझै विवरण नथपेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार हालसम्म १० मध्ये ८ मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र स्वास्थ्य मन्त्री सुधा गौतमले भने अहिलेसम्म पनि विवरण नबुझाएको मन्त्रालयको वेबसाइट अवलोकनबाट पुष्टि भएको छ।

प्रधानमन्त्रीसहित अन्य सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेको र सार्वजनिक गर्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताएका छन्।