एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

  • प्रकाशित मिति : २०८२ मंसिर १६, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन राइनाेजका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर उनी घाइते बनेकी हुन् ।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा रुपेश सिंहले फ्याकेको अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनी त्यहीँ ढलिन् ।



उनको नाकबाट रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई अस्पताल लगिएको छ ।

इनिङ ब्रेकपछि कुशलले घाइते भएकी चियरलिडरलाई भेटेका थिए ।