राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।
अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको स्रोतले बतायो ।
कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो ।
रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् ।