विवेकशील साझाबाट आएका ७ नेता रास्वपाको केन्द्रीय सदस्यमा मनोनीत

  • प्रकाशित मिति : २०८२ पुष २१, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टी समायोजनपछि विवेकशील साझाबाट आएका नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो।



मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।

केही समयअघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो। उक्त समायोजनलाई औपचारिक रूप दिँदै रास्वपाले केन्द्रीय तहमा नयाँ नेतृत्व समावेश गरेको जनाएको छ।