लन्डन । प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायत ‘कुनै पनि हिसाबले संलग्न नभएको’ बताउनुभएको छ । यसबारे थप टिप्पणी गर्नुअघि आफूले थप सूचना खोजिरहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले पक्राउ गरेका विषयमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुरा नभएको स्टार्मरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म के भन्न सक्छु भने यस कारबाहीमा बेलायतको कुनै पनि हिसाबले संलग्न थिएन।” बेलायतका कैयौँ सांसदहरूले पहिले नै यस कार्यको निन्दा गरेका थिए ।
कराकसका निकट सहयोगी रुस र क्युबा दुवैले आक्रमणको निन्दा गरेका छन् । मस्कोले अमेरिकी सैन्य कारबाहीलाई ‘निकै चिन्ताजनक’ भनेको छ ।