नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र आफै लेख्ने भएका छन्।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले बताए।
कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको उनले बताए।