कांग्रेस विवाद : देउवा पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला

  • प्रकाशित मिति : २०८२ पुष २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको नयाँ बानेश्वरमा बसेको छ।

चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षधर देउवा समूहका नेताहरू आज दिउँसो नयाँ बानेश्वरमा भेला भएका हुन्। यसैबीच देउवा पक्षकै ३० केन्द्रीय सदस्यले आज बिहान छुट्टै भेला गरी अपिलसमेत जारी गरेका थिए। ती केन्द्रीय सदस्यहरू चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।



आज दिउँसो भएको छलफलमा नेता कृष्णप्रसाद सिटौला, निवर्तमान सचेतक सुशीला थिङ, नेता एनपी साउदलगायत सहभागी छन्। नेताहरूका अनुसार भेलामा देउवा पक्षका करिब ४० जना केन्द्रीय सदस्य सहभागी छन्।

संस्थापन पक्षका अधिकांश नेताहरूको असहमतिका बाबजुद महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेसभित्र विवाद थप चर्किएको छ। सोही विषयमा धारणा मिलाउन देउवा पक्षको भेला बसेको हो।