सञ्चारमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा

  • प्रकाशित मिति : २०८२ माघ ३, शनिबार
  • नेपाल टेल संवाददाता

सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघको एशोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले निर्वाचनपछि संसद्मा पुग्ने आफ्नो चाहना रहेको बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे ।



‘चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ,’ उनले भने, ‘मिडियाको प्रतिनिधित्व हुने गरी संसद् र सरकारमा कतै न कतै उपस्थिति होस् भन्ने मेरो अपेक्षा हो।’

उनले आगामी निर्वाचनमा परिवर्तनले खोजेअनुसार सक्षम र योग्य व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन सबैलाई आग्रह समेत गरे ।