लन्डन । बेलायतमा भव्य रूपमा ४४औँ मगर दिवस मनाइने भएको छ । मगर एसोसिएसन यूकेले आगामी २१ फेब्रुअरी, २०२६ शनिबारका दिन एल्डरसटस्थित एम्पायर हलमा दिवस मनाउने तयारी गरेको हो ।
सो अवसरमा चर्चित कलाकारको उपस्थितिमा विविध सांगीतिक र सांस्कृतिक कार्यक्रम हुनेछ । मगर समुदायको संस्कृति, भेषभूषासहितका नृत्य तथा संगीत हुनेछन् ।
कार्यक्रम दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । थप जानकारी तथा टिकटका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष रुद्र थापा, उपाध्यक्ष विष्णु श्रिस र गुमानसिंह थापा तथा कोषाध्यक्ष मोहन थापालाई सम्पर्क गर्न सकिने जनाइएको छ ।