सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला तीन लाख १९ हजार

  • प्रकाशित मिति : २०८२ माघ १४, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली बजारमा आज ( बुधवार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८०० रुपैयाँले बढेर तोलामा तीन लाख १९ हजार ८०० सय रुपैयाँ पुगेको हो ।



महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।