चैत १३ मा नयाँ सरकार गठन, अझै भएन रास्वपाको विधान संशोधन

  • प्रकाशित मिति : २०८२ चैत्र ९, सोमबार
  • नेपाल टेल संवाददाता

चैत १३ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउँदैछ । त्यसअघि चैत ११ मा राष्ट्रपतिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई सांसदको सपथ गराउँदैछन् । त्यसपछि चैत १२ मा अन्य निर्वाचित सांसदलाई ज्येष्ठ सदस्य बनाउनेछन् । त्यसपछि चैत १३ मा पहिलो पटक संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल दलको बहुमतको सरकार बन्दैछ । अर्थात् रास्वपाले पूर्व घोषित वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउँदैछ ।

तर रास्वपाले भने अझै पनि आधारभूत प्रक्रिया पूरा गरेको छैन । रास्वपा प्रवक्ता मनिष झाका अनुसार चैत १२ गते बिहानै सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको छ । उक्त बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने छ ।



शपथअघि निर्णय, निर्णयअघि हतार

पहिले सचिवालय बैठक, त्यसपछि केन्द्रीय कमिटीबाट अनुमोदन, अनि संसदीय दलको बैठकमार्फत औपचारिकता पूरा। सबै काम चैत १२ गते दिउँसो २ बजे हुने सांसदहरूको शपथअघि सक्ने तयारी छ । चार वर्ष पुरानो पार्टीले अझै पहिलो महाधिवेशन गर्न सकेको छैन ।