नेपालमा थप १७ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।
नयाँ थपिने कोरोना संक्रमित झापा, धनकुटा र सुनसरी जिल्ला निवासी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन्। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन्।
यसैगरी धनकुटा र धरानका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।