तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम प्रहरीले राजनीतिक दलका नेता र तीनको सघन समूहका सदस्यमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान अगाडि बढाएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा केही नेताको घरमा रकम भेटिएको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानलाई पूर्णता दिँदै थपमाथि पनि प्रहरी अनुसन्धान अगाडि बढ्न लागेको हो ।
जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवालगायत नेताहरुको घरमा पैसा भेटिएको थियो ।
विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन् ।