काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। अघिल्लो दिनको तुलनामा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मृत्यु हुने र संक्रमिणको संख्या विश्वभर घटेको छ।
पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ४ हजार ९६२ जनाको मृत्यु भएको छ भने ७५ हजार नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ भने २४ लाख ६ हजार ९०५ जना संक्रमित भएका छन्।
कोरोना भाइरसको संक्रमण २१० देशमा फैलिएपछि केही देशमा भने धेरै मानविय क्षति भएको छ। कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभासिवत बनेको छ भने इटली, स्पेन फ्रान्स, यूकेलगायतका देशमा कोरोनाबाट धेरै संक्रमित हुनुका साथै मृत्युदर पनि बढी छ।
कोरोना भाइरसबाट अमेरिकामा अहिलेसम्म ४० हजार ५५३ जनाको मृत्यु भएको छ भने ७ लाख ६३ हजार ८३२ जना संक्रमित भएका छन्। त्यस्तै इटलीमा कोरोनाबाट २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ९७२ जना संक्रमित भएका छन्।
त्यस्तै स्पेनमा अहिलेसम्म २० हजार ४५३ जनाको मृत्यु भएको छ भने १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन्। फ्रान्समा पनि कोरोना भाइरसबाट धेरै मानविय क्षति पुगेको छ। फ्रान्समा कोरोना भाइरसबाट १९ हजार ७१८ को मृत्यु भएको छ भने १ लाख ५२ हजार ८९४ जना संक्रमित भएका छन्।
यूकेमा कोरोना भाइरसबाट १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २० हजार ६७ जना संक्रमित भएका छन्। इरानमा पनि कोरोनाबाट धेरै मानविय क्षति भएको छ। इरानमा ५ हजार ११८ जनाको मृत्यु भएको छ भने ८२ हजार २११ जना संक्रमित भएका छन्।
कोरोना भाइरसबाट बेल्जियममा पनि ठूलो मानविय क्षति भएको छ । बेल्जियममा ५ हजार ६८३ जनाको मृत्यु भएको छ भने ३८ हजार ४९६ जना संक्रमित भएका छन्।