तीनै तहका सरकारका विज्ञापन अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन-प्रसारण गर्नुपर्ने

  • प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार
  • नेपाल टेल संवाददाता

तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यमबाट प्रकाशन-प्रसारणमा सरकारले बन्देज लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रायल, आयोग, ७ वटै मुख्यमन्त्री कार्यालय र देशभरका स्थानीय तहलाई पत्राचार गर्दै यो निर्णयको जानकारी गराएको हो ।



बुधबार गरिएको पत्राचारमा मितव्ययिता कायम गर्न र विज्ञापन तथा सूचना प्रकाशन/प्रसारणमा पारदर्शीता ल्याउन र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धका लागि यो निर्णय गरिएको उल्लेख गरिएको छ ।