पाँचथर प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार गोप्य सूचनाका आधारमा मङ्गलबार दिउँसो करिब ३ बजे फिदिम नगरपालिका–१ मेनलाइनस्थित बालकृष्ण सुबेदीको घरमा प्रहरी खटिएको थियो।
प्रहरी सहायक हवल्दार सुजन राईको कमाण्डमा खटिएको टोलीले सो स्थानमा पुगेपछि रोजन सुबेदी (२४) र तेह्रथुमको आठराई गाउँपालिका–६ का राजु कटुवाल (२६) लाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
खानतलासीका क्रममा कोठाभित्र रहेको काठको टेबलमाथि स्टिलको प्लेटमा खुकुरी चुरोट र कालो प्लास्टिकको टुक्राभित्र स–साना पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित १ ग्राम १९० मिलिग्राम र प्लास्टिकबाहेक ०.९४० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट नगद १७ हजार ९२५ रुपैयाँ र रियल्मी कम्पनीको एक थान मोबाइल फोन समेत बरामद गरेको छ।पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई लागुऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा पाँचथर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
हाल दुवै जना प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको