सुशीला सरकार सहित सबैको सहयोगमा रास्वपा पहिलो दलः बादल

  • प्रकाशित मिति : २०८२ चैत्र १९, बिहीबार
  • नेपाल टेल संवाददाता

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले निवर्तमान सरकार सहितको विभिन्न क्षेत्रको सहयोगमा रास्वपा पहिलो दल बनेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन नै रास्वपाको विजयका आधार भएको बताए ।



उनले बाह्य रूपमा पनि टिओवी, एआई लगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक बनाएको उल्लेख गरे ।